सिक्किमकी डोमालाई मिस तामाङ वल्र्डको उपाधि

काठमाडौं । सिक्किमकी साङ डोमा ब्लोनलाई मिस तामाङले वल्र्डको उपाधि प्राप्त गरेकी छन् । राजधानीमा आयोजित ‘मिस तामाङ वल्र्ड २०२१’ को उपाधि ब्लोनले प्राप्त गरेकी हुन् ।

साधना कला केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा सयौँ प्रतिस्पर्धीबाट छानिँदै ब्लोनले उत्कृष्ट ड्रेस, उत्कृष्ट हेल्थ, भ्यूअर्स च्वाइजसहित मिस तामाङ वल्र्डको उपाधि चुमेकी हुन् । ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउनलगायतका विभिन्न ट्रफीहरु प्राप्त गरेकी छन् ।

साथै, उनलाई टप सेभेन क्याटगोरिजका लागि भने ५० हजार नगदसहित ट्रफीहरुले सम्मान पनि गरिएको छ । मिस तामाङ वल्र्ड २०२१ मा ब्लोनसँगै अन्य प्रतिस्पर्धीहरुले पनि विभिन्न शीर्षक अन्तर्गतको उपाधि चुमेका छन् ।

उत्कृष्ट कल्चर रविना थिङ, उतकृष्ट टुरिजम सबिता लो, उत्कृष्ट एजुकेशन प्रभा फुयूबा, उत्कृष्ट सोसल वेलफेयर रेनु तामाङ, उत्कृष्ट इनभाइरमेन्ट, वेष्ट ट्यालेन्ट र वेष्ट पर्सनालिटि अप्रिला घिसिङले चुम्न सफल भएका छन् । त्यसैगरी वेस्ट इकोनोमी अलिसा तामाङ, पब्लिक च्वाइस निशा रुम्बाले चुम्न सफल भएका छन् ।

त्यस्तै वाइल्ड कार्डबाट इन्ट्री भएका टपटेन प्रतिस्पर्धीबाट वेस्ट फोटोजेनिकको अवार्ड अलिशा घिसिङ, वेष्ट डिसिप्लिन अस्तर थोकरले चुम्न सफल भए ।

तामाङ गुरु स्याल्पा तेन्जिङ रिम्पोछे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायधिश टंक मोक्तान, पूर्वमन्त्री रामवीर मानन्धर, पूर्वमन्त्री परशुराम तामाङ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एआइजी कृष्ण बहादुर तामाङ, एएससीए जापानका अध्यक्ष विनोद लामा लगायतको आतिथ्यता कार्यक्रममा रहेको थियो ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा सोसल वेलफेयरको तर्फबाट डीएन बहादुर तामाङ, कल्चरतर्फ ध्यान बहादुर मोक्तान, एजुकेशनतर्फ केडी मोक्तान, इकोनोमीतर्फ डा. माधव मल्ल, हेल्थतर्फ डा.छिरिङ योञ्जन, इनभाइरमेन्टतर्फ आश्रा कुँवर, टुरिजमतर्फ छिरिङ डोल्मा शेर्पा रहेका थिए ।

कार्यक्रममा सिभिल ग्रुप, एएससीए जापा, सिभिल बैंक, सोल्टी होटल, सुकुटे बीच, नेपाल पर्यटन बोर्ड, गोर्खा फाइनान्स, काठमाडौं महानगरपालिका लगायतको सहकार्य रहेको थियो ।

प्रतिक्रिया