मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, भालुवाङ-प्यूठान सडक ठप्प

प्यूठान । आज दिउँसो सडक छेउबाट हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएर एक बालकको मृत्यु भएपछि स्थानीयले भालुवाङ-प्यूठान सडक बन्द गरेका छन । सरुमारानी गाउँपालिका वडा नम्वर २ ददेरीमा स्थानीय एघार वर्षीय सुदीप जिसीको मोटरसाइकल ठक्करबाट मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले दिउँसोदेखी बाटो बन्द गरेका हुन । क्षतिपुर्तीको माग राग्दै सडक बन्द गरेका हुन् । सडक स्थानीय र आफन्तले अबरुद्ध हुदा उक्त सडक भएर प्युठान र रोल्पा आउजाउ गर्ने यात्रु बाटोमा रोकिएका छन ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट घाईते जिसीको उपचारका लागि लैजादै गर्दा बाटोमा ज्यान गएको हो । प्यूठानबाट दाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नम्वरको मोटरसाइकलले जिसीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार रहेको र चालकसँगै पछाडी बसेका व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया