सल्यान । आफूलाई सामाजिक सञ्जालमा छोटेराजा भनेको भन्दै वडाध्यक्षले एक स्थानीय युवालाई सरकारी सेवा सुविधाबाट वञ्चित गरिएको बताएका छन् । वागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुनले सरकारी लेटरप्याडको प्रयोग गरी सेवा सुविधामा प्रतिबन्ध लगाएको जनाएका छन् ।
सामाजिक सञ्जालमा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै आपूmहरूको चरित्र हत्या गर्ने कार्य गरेको भन्दै वागचौर नगरपालिका–४ सिमखोलीका युवा दिल केसीलाई वडा कार्यालयबाट दिइने सम्पूर्ण सुविधाहरूमा प्रतिबन्ध लगाइएको वडाध्यक्ष पुनले जानकारी गराएका हुन् । वडाध्यक्ष पुनले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘केसीले आफ्नो कमजोरी नसच्याएसम्म वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गरिएको छ’, भनिएको छ । वडाध्यक्षले आफना नागरिकलाई नै सरकारी सेवासुविधाबाट वञ्चित गरिएको जानकारी पाएपछि वडाध्यक्षको चौतर्फी आलोचना भएको छ ।
स्थानीय दिल केसीले आफ्नो भाइको विवाह भएको सात महिनापछि स्थानीय जनप्रतिनिधिहरूले जानाजान फसाएको आरोप लगाउँदै समाजिक सञ्जालमा स्टाटस लेखेका थिए । माइती पक्ष सहमत भइसकेको र बुहारीको दुई महिनाको गर्भवती भएको अवस्थामा समेत जबरजस्ती करणीको मुद्दा दायर गर्न लगाएको आरोप लगाएका छन् ।
प्रतिक्रिया