इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकार संठन प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएका छन् । बिहीबार इलाम सदरमुकाममा सम्पन्न सेन्टरको पाँचौँ जिल्ला सम्मेलनले सोङ्मीलाई अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनले सोङमीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्षमा सरीता राई र लिलाबहादुर लिम्बू, सचिवमा नमिन ढकाल, सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषध्यक्षमा रोशन काफ्ले निर्वाचित भएका छन् । सदस्यहरूमा गंगा पराजुली, गोपाल गिरी, तेजबहादुर घिमिरे, धमप्रसाद जवेगू, दलबहादुर लिम्बू, नविन फागो र अंकित बराईली निर्वाचित भएका छन् । प्रेस सेन्टर जिल्ला सम्मेलन आयोजक समितिका संयोजक राजेश पराजुलीको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया