मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले आफू प्रेममा रहेको खुलासा गरेकी छन् । हालै एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले आफू प्रेममा रहेको खुलासासँगै छिट्टै वैवाहिक बन्धनमा बाँधिने संकेत पनि गरेकी छन् ।
‘मणिकर्णिका’ अभिनेत्री कंगनाले अबको पाँच वर्षमा वैवाहिक बन्धनमा बाँधिएर आमा बन्ने संकेत गरेकी छन् । कंगना भन्छिन्, ‘म पक्कै पनि विवाहित हुन चाहन्छु र बच्चा जन्माउन चाहन्छु । अबको पाँच वर्षमा म आफूलाई एक आमा र कसैको पत्नी र नयाँ भारतको दर्शनमा सक्रिय रूपमा सहभागी हुने व्यक्तिको रूपमा देख्छु ।’ प्रेममा हो कि ? भन्ने जिज्ञासाको जवाफमा उनी भन्छिन्, ‘प्रेममा छु । पार्टनरको बारेमा भने सबैले चाँडै नै थाहा पाउनुहुनेछ ।’
प्रतिक्रिया