बसको ठक्करबाट एक भारतीय युवकको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बी आर ३६ आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको छ ।

ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार अर्का नाम थर वतन खुल्न नसकेको अन्दाजी ३०–३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै पैदलयात्रीलाई समेत ठक्कर दिँदा पैदलयात्री सप्तरी कञ्चनरुप नगरपालिका–१ बरमझिया बस्ने १९ वर्षका रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएकाले स्थानीय धर्मेश्वर अस्पतालमा उपचार गरी थप उपचरका लागि विराटनगरतर्फ लगिएकोे प्रहरीले जनाएको छ ।

उक्त बस र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया