एमाले जनताबाट हारेको हैन : पूर्वसभामुख नेम्वाङ

पाँचथर । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ एमाले जनताबाट नहारेको बताएका छन् । एमाले फिदिम नगरको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै नेम्वाङले एमाले यसभन्दा अघिल्लो एमालेको सरकार परमादेशबाट आएको नभइ जनादेशबाट आएको सरकार बताएका हुन् ।

नेम्वाङले कार्यक्रममा बोल्दै अहिले पनि प्रतिपक्ष र ठूलो पार्टी भएको दाबी गर्दै सबैलाई एक ढिक्का हुन आग्रह गरे । उनले आगामी हुने स्थानीय, प्रदेशको निर्वाचनमा ढुक्क भएर पार्टीमा लाग्न आग्रह गरे ।

नेम्वाङले अब हुने निर्वाचनमा एमाले नै देशको पहिलो पार्टी हुने र फेरि एमाले जनताको सरकार बन्ने दाबी गरे । नगर अधिवेशनमा फिदिमका १४ वडाका प्रतिनिधि पर्यवेक्षकहरुको जुलुससहित बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया