प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना लागि कुनै पनि इजलास नतोकेर बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेशी मात्रै तोकेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै निरन्तर इजलास बहिस्कार गरिरहेका बेला उनले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेशी मात्रै तोकेका हुन् ।

न्यायाधीशहरूले हिजो प्रधानन्यायाधीशसँग वार्ताका लागि तिन सदस्यीय वार्ता टोली गठन गरे पनि कुनै छलफल नभइ इजलास तोकिएको हो । वार्ता टोलीमा न्यायाधीशहरु अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र डाक्टर मनोजकुमार शर्मा छन् । वार्ता टोलीका सदस्यलाई प्रधानन्यायाधीश जबराले सम्मानजनक बर्हिगमनको प्रस्ताव राखेको जनाइएको छ ।

प्रतिक्रिया