राष्ट्रपति निवासमा हेलिप्याड बनाउने कुराको म यसको विरोधी हुँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बालुवाटार, शीतल निवासजस्ता ठाउँमा हेलिप्याड बनाएर देशको करोडौँ रकम खर्च गर्न नहुने बताएका छन् । बालुवाटारमा बनाइएको हेलिप्याडबारे आफूले भर्खरै मात्र जानकारी पाएको र शीतलनिवासमा पनि बनाउन लागेको भन्दै उनले आप्पति जनाए । विमानस्थल नजिकै रहेको ठाउँमा हेलिप्याड बनाएर दुरुपयोग गर्न नुहेन उनको भनाइ थियो ।

‘राष्ट्रपति निवासमा हेलिप्याड बनाउने कुरा भइरहेको छ रे । हेलिप्याड बनाउने हो ? म यसको विरोधी हुँ । त्रिभुवन विमानस्थल टाढा पनि छैन,’ उनले भने । अध्यक्ष नेपालले जनताको पैसा सदुपयोग गर्ने कुरामा चिन्ता र चासो नदेखिएको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले फास्ट ट्र्याकबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताए । त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारका पालमा भ्रष्टाचारले सीमा नाघेको आरोप पनि लगाए । ओलीले ‘भ्रष्टाचार गर्दिन’ भन्दै भ्रष्ट्राचारीको संरक्षण गरेको नेता नेपालको आरोप छ ।

प्रतिक्रिया