नेपाल बारले घोषणा गर्यो चरणबद्ध आन्दोलन, यस्ता छन् विरोधका कार्यक्रम

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै चरणबद्ध आन्दोलनक घोषणा गरेको छ । आज बसेको बारको बैठकले तिहारअघिको चार दिने आन्दोलन घोषणा गरेको हाे । तिहारअघिका आन्दोलन घोषणा गरेकाे बारले यो चरणबद्ध आन्दोलन भएकाे बताएकाे छ । बारले सर्वोच्चमा पहिलो दिन कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने भएको छ। त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बारले जनाएको छ ।

प्रधानन्यायाधीशविरुद्धको विरोधका कार्यक्रमबारे देशभर रहेका बारका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल गरी थप विरोधका कार्यक्रमसमेत गर्ने बताइएकाे छ । प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम ल्याउने उनले बताए । पछिल्लो समय विवादमा आएपछि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस्ता छन् विरोधका कार्यक्रम

  • मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने।
  • मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने।
  • न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन(नेबाए)को निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।
  • नेबाएका ९० वटै बार एकाईहरुका अध्यक्ष र सचिवज्यूहरुसँग भचुयल (जम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गर्ने।
  • उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने।

प्रतिक्रिया