सौर्यमण्डल बाहिर पनि ग्रहको अस्तित्व

डिसी । अन्तरीक्षयात्रीले मिल्की वे सौर्यमण्डल बाहिर पनि पहिलोपटक ग्रहको अस्तित्व रहेको संकेत फेला पारेका छन् । अन्तरीक्षबारे अध्ययनमा सहभागी ५००० भन्दा बढी वैज्ञानिकले हाम्रो सूर्यभन्दा पनि पर केही ग्रहले अन्य तारालाई परिक्रमा गरिरहेको जनाएका छन् । तर, यो सबै मिक्ली वे सौर्यमण्डलभित्रै भएको वैज्ञानिकलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ ।

नासाको चन्द्र एक्स–रे टेलिस्कोपले पत्ता लगाएको शनि ग्रह आकारकै एक ग्रह मेसियर–५१ नाम सौर्यमण्डलमा रहेको जनाइएको छ । मिल्की वेबाट उक्त ग्रह २८ मिलियन प्रकाश वर्षको दूरीमा रहेको जनाइएको छ । तारालाई परिक्रमा गरिरहेको उक्त ग्रहको कक्ष र प्रकाशको चम्काइको स्थितीको अध्ययनको आधारमा उक्त निष्कर्ष निकालिएको हो । डा. रोशनी डी स्टेफाने र उनका साथीहरुले एक्स–रेको प्रकाशजस्तै वस्तुबाट आएको चम्किलोपन प्राप्त गरेका थिए ।

उक्त पदार्थ न्यूट्रन ग्याँसले भरिएको कुनै तारा हुनसक्ने र नजिकबाट परिक्रमा गर्दा ब्ल्याक होलले त्यहाँको ग्याँस आकर्षित गरेको हुनसक्ने अनुमान पनि अध्ययनले गरेको छ । ‘हामीले अहिले विद्यमान ग्रहको स्थिती पत्ता लगाउने विधिबाटै यस्तो खोज गरेका हौं’ क्याम्ब्रिज विश्वविद्यालयको अन्तरिक्ष भौतिकशाष्त्र केन्द्रका डा. डी स्टेफानोले बीबीसीलाई भने ।

प्रतिक्रिया