एनआईसी एसिया क्यापिटलको ब्यवसाय बढ्यो

काठमाडौं । कोरोना महामारीको त्रास पूर्ण रूपमा नहटिसकेको अवस्था, आर्थिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालनमा नआएको र समग्र मर्चेन्ट बैंकिङ व्यवसायमा तीव्र प्रतिस्प्रर्धाका बाबजुद पनि क्यापिटलले आव २०७८÷७९ को पहिलो त्रैमाससम्ममा क्यापिटलको समग्र व्यवसाय उत्साहजनक वृद्धि गरेको छ । आव २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत चारवटा योजनाहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत तीनवटा बन्दमुखी योजनाहरू ‘एनआईसी एसिया ग्रोथ फन्ड’, ‘एनआईसी एसिया ब्यालेन्सड् फन्ड’ र ‘एनआईसी एसिया सेलेक्ट–३० इन्डेक्स फन्ड’ तथा एउटा खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’ सञ्चालन गरिरहेको छ । पाँचाैं १ अर्ब बराबरको बन्दमुखी योजना ‘एनआईसी एसिया फेलेक्सी क्याप फन्ड नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।

‘एनआईसी एसिया ग्रोथ फन्ड’तथा ‘एनआईसी एसिया ब्यालेन्स्ड फन्ड’ले सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद लाभांश वितरण गर्न सफल भएको छ । ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड् फन्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’ सञ्चालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरणपश्चात् समेत आव २०७८÷७९ को पहिलो त्रैमास अन्त्यमा ‘एनआईसी एसिया ग्रोथ फन्ड’को खुद सम्पत्ति मूल्य १५.४६ र ‘एनआईसी एसिया ब्यालेस्ड फन्ड’को खुद सम्पत्ति मूल्य १४.२८ तथा पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’को खुद सम्पत्ति मूल्य १०.६६ रुपैयाँ कायम गर्न सफल भएको छ । तेस्रो बन्दमुखी योजना एनआईसी एसिया सेलेक्ट ३० इन्डेक्स फन्डको बाँडफाँड भएको पहिलो तीन महिनामा खुद सम्पत्ति मूल्य ९.७९ रुपैयाँ कायम रहेको छ ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम विभिन्न योजनाहरू सञ्चालन गरी आव २०७७÷७८ मा लगानी व्यवस्थापन सेवा लिने सेवाग्राहीहरूलाई ३५ करोड रुपैयाँभन्दा बढी नाफा वितरण गर्न सफल भएको छ । क्यापिटलले आव २०७८÷७९ को पहिलो त्रैमाससम्म ४ सय ७३ जना ग्राहकहरूबाट १ अर्ब ४६ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ९९.४४ प्रतिशतले वृद्धि हो ।

क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरिरहेको छ । एनआईसी एसिया बैंक लिमिटेडको देशभर छरिएर रहेका ३ सय ५६ शाखा कार्यालयहरू तथा ७० वटा विस्तारित काउन्टरबाट समेत डिम्याट खाता खोल्ने, सेयरको अभौतिकीकरण गर्नेलगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू सहजै रूपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत २०७८ साल आश्विन मसान्तसम्मा १० वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म ७ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन र १५ वटा कम्पनीको बोलकबोलमार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।

प्रतिक्रिया