प्रोटोनको विशेष योजना

काठमाडौं । जगदम्बा मोटर्स, प्रोटोनको एक मात्र आधिकारिक बिक्रेताले नेपालमै पहिलो र उत्कृष्ट ‘विशेष ०.९९ प्रतिशत’ योजना ग्राहकसमक्ष प्रस्तुत गरेको छ । विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्पसमेत यस योजनामा समावेश गरिएको छ । यो योजना यही २४ असोजबाट सुरु भएर चाडपर्वको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने बताइएको छ । नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भइरहेको अवस्थामा पनि यस योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फाइनेन्सिङ गरेर खरिद गर्न सक्नेछन् । उचित कागजपत्र बुझाको ४८ घण्टामै ग्राहकहरूले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन् ।

यस प्रोटोन ‘विशेष’ योजनाबाहेक ग्राहकहरूले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फाइनेन्सिङको योजनाहरू पाउन सक्नेछन्, जसअन्तर्गत ब्याजअनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको छ । यी योजनाहरू सीमित अवधिका लागि मात्र लागू हुनेछन् । किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रालिले इन–हाउस फाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ ।

विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन क्बनबको सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोनको सुरुवाती मूल्य ८६ हजार ९९ हजार तोकिएको छ । प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ, जसले १९८५मा प्रोटोन साँगाकै रूपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात् एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरू स्वदेशी तथा विदेशी बजारमा बिक्री–वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरू हाल संसारका ७० भन्दा धेरै मुलुकहरूमा देख्न सकिन्छन् भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया