काठमाडौं । बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टनको २ दिने राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेफ्री तथा प्रशिक्षक तालिम कार्यक्रम राख्ने प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला बाट सहभागी मध्ये २६ जनाले प्रशिक्षण तालिम उत्तीर्ण गरेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जन, मेघराज कठायत र किरण थापाले प्रशिक्षण दिएका थिए । ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले सम्बोधन गरेका थिए ।
प्रशिक्षणमा सहभागी सबैलाई आआफ्नो जिल्लामा गएर स्थानिय तह र जिल्ला खेलकुद बिकास समिति संग समन्वय गरि नियमित प्रशिक्षण संचालन गर्न आग्रह गर्दै सदस्य सचिव भण्डारीले उत्कृष्टहरु मध्ये बाट प्रदेशले आगामी दिनमा आवश्यक हुने प्रशिक्षकको पदपूर्तिमा समेत प्राथमिकता दिन सकिने जनाए ।
प्रतिक्रिया