डाले चुक–तारा चुक संरक्षणका लागि वन विभागले दियो तालिम

कालिकोट । संरक्षणको अभावमा रहेको डाले चुक तथा तारा चुकको नाममा चिनिने चुक संरक्षणका लागि तालिम दिइएको छ ।

कालिकोट जिल्लामा रहेका रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा रहेका स्थानीय नागरिकहरुलाई तारे चुक संरक्षणका लागि दुईदिने तालिम दिइएको हो ।

वन तथा भु–संरक्षण विभागको आयोजना तथा पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) परियोजना कालिकोटको सहजिकरणमा किसानलाई तालिम दिइएको हो । आयुर्वेदिक औषधीको रुपमा चिनिने तारा चुक लाई अंग्रेजीमा (सिवक्थोन) नामले चिनिन्छ ।

युरोप तथा एसियाका ३० भन्दा बढि देशका उच्च भू–भागमा प्राकृतिक रूपमा फैलिएको तारे चुक संरक्षणका लागि वन विभागले औषधिको रुपमा प्रयोग हुने भन्दै नागकिहरुलाई विभिन्न सिप, ज्ञान सिकाउँदै संरक्षणमा लाग्न आग्रह गरेको छ ।

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) जिल्ला आयोजना समन्वय इकाई कालिकोटका कार्यालय प्रमुख निकेश कठायतका अनुसार हालसम्मको अध्यनबाट डालेचुक मात्र १३ जिल्लामा, भूइँचुक मात्र ३ जिल्लामा तथा ७ जिल्लामा दुव्ौ प्रजातिहरु भेटिएको तथापी थप केहि जिल्लाहरुमा समेत भेटिने सम्भावना रहेको बताए ।

उनले सुदुरपश्चिमदेखि पूर्वका अधिकांश हिमाली जिल्लाहरु दार्चुला, बझाङ, हुम्ला, डोल्पा, जुम्ला कालीकोट, मुगु, मुस्ताङ, म्याग्दी, मनाङ, गोरखा, रसुवा, सोलुखुम्बु, ताप्लेजुङ लगायतका जिल्लामा यो प्रजाति पाईने बताएका हुन् ।

वन तथा भूसंरक्षण विभागका सहायक वन अधिकृत युवराज पोखरेलका अनुसार विगतमा डालेचुक तथा भुइचुकका विरुवाहरु बारबन्देजका लागि प्रयोग हुने गरेको, हिमाली भेगमा रहेको खुल्ला चरिचरनको परम्पराले ज्यादै प्रभाव पारेको र डालेचुकको काठ विभिन्न कृषि औजारदेखि घरायसी काममा पनि प्रयोग हुने गरेको तथा नागरिकहरुले डाले चुकको महत्व थाहा नपाएर संरक्षण नगरेकाले हाल यसको महत्व बढि भएको बताए ।

उनका अनुसार क्रमशः डाले चुक तथा तारा चुक औषधिको रुपमा काम गर्ने भएकाले क्रमस यसको महत्व बारे प्रष्ट पारेका छन् ।

 रुघा खोकी लाग्दा, रक्तचाप कम गर्न,
 महिलाहरूको मासिक गडबडी नियमित गर्न ,
 पेटका जुका मार्न, गिजा सुनिएको निको पार्न, आउँ रोगमा,
 पोलेको घाउमा, घाँटी दुखेको बेला,
 दाँत दुखेको बेला,
 रगत सफा गर्न लगाएतका विभिन्न रोगहरुको उपचार हुने भएकाले साथै उनले कालिकोट जिल्लाका नागरिकहरुलाई

डाले चुक सरंक्षणका लागि लाग्न आग्रहसमेत गरेका छन् । तालिममा सहभागी सम्पूर्ण पहिला यस्को महत्व त्यति थाहा नपाएकाले संरक्षण नगरेको अब भने सरंक्षणमा लाग्ने बताए् ।

दोस्रो विश्वयुद्घपछि खासगरी सन् १९४० को दशकमा पोषण विज्ञहरु तथा औषधिविज्ञहरुले सिवक्थोर्नको फलमा पाईने विभिन्न तत्वहरुको विश्लेषण गरी खाद्य पदार्थ, औषधि तथा श्रृंगार प्रसोधनका रुपमासमेत प्रयोग गर्न सकिने तथ्यहरु पत्ता लगाएपश्चात् यसको आधुनिक प्रयोग हुन थालेको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया