प्रदेश १ जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । बाढी पीडितको अवस्था अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ जाने भएका छन् । आइतबार बिहान उनी प्रदेश १ का चार जिल्ला जान लागेको बताइएको छ । प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम र पाँचथरका जिल्लामा बाढीले पुर्‍याएको क्षति तथा हालको अवस्थाको अवलोकन गर्ने छन् ।

त्यस्तै उनले चारै जिल्लाका पीडितहरूसँग भेटघाट समेत गर्ने बताइएको छ । उनी बिहान ८ बजे गएर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ । यसअघि उनी सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाढीले पुर्‍याएको असरको अवलोकन गरेर फर्किएका थिए ।

प्रतिक्रिया