कृषि राहत कार्यक्रम घोषणा गर्न मानव अधिकार संगठनको माग (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल मानव अधिकार संगठनले बाढीपहिरो प्रभावितका लागि तत्काल राहतका कार्यक्रम घोषणा गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत संगठनले मर्कामा परेका कृषकहरूलाई लक्षित गरी अविलम्व कृषि राहत कार्यक्रम घोषणा गर्न माग गरेको हो ।

संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले जारी गरेको विज्ञप्तिमा विपद्मा राज्यबाट सहयोग पाउनु नागरिको अधिकार भएको र विपद्मा मानव अधिकारको विश्वव्यापी मान्यताअनुरूप व्यक्तिको जीवन, धनको सुरक्षा, आधारभूत आवश्यकताको पूर्ति गर्न सरकारसमक्ष अपील गरिएको छ ।

प्रतिक्रिया