सेयर बजारमा १४ अंकको गिरावट

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १४.७ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २५५६ अंकमा कायम भएको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाए पनि बिहीबारको बजार घट्यो । यस दिन कारोबार रकम २ अर्ब ६३ करोडमा खुम्चिएको छ । हिजो २ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

कुल ३० कम्पनीको मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो । अन्य उपसमूह ११ अंक बढ्यो । बैंकिङ ७, ब्यापार ६७, होटल तथा पर्यटन ५८, विकास बैंक ९४, जलविद्युत ४६, फाइनान्स ४६, निर्जीवन बीमा २३, उत्पादन १०५, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह १०५ अंकले घटेका छन् ।

प्रतिक्रिया