खोजखबर

नुवाकोट बस दुर्घटना : ३० घाइते मध्ये १० जनाको अवस्था गम्भीर

सौर्य अनलाइन २०७८ कार्तिक १ गते १३:३१ मा प्रकाशित

नुवाकोट । जिल्लाको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाने क्रममा दुर्घटनामा परेको थियो । छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुझिएको छ । – तस्विर महेश्वर न्यौपानेको फेसबुकबाट

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय