काठमाडौं भित्रिन थाले सर्वसाधारण

काठमाडौं । दशैँ मनाउन गाउँ फर्किएकाहरु काठमाडौं उपत्यका भित्रिन थालेका छन् । काठमाडौं भित्रिने मुख्य नागढुंगामा गाडीको चाप देखिन थालेको छ । कोरोना महामारी र सुरक्षालाई मध्यनजर गर्दै नागढुंगामा प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

प्रहरीले नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने प्रत्येक सवारी साधनमा यात्रुले मास्क लगाएको नलगाएको साथै गाडीभित्र सामाजिक दूरी कायम भएको नभएको लगायत हेर्ने गरेको छ । त्यसैगरी मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको हो । आम सर्वसाधारणहरु दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल देख्न थालिएको छ ।

प्रतिक्रिया