खोजखबर

मकवानपुरमा टाटा सुमो दुर्घटना, २ जनाको मृत्यु

सौर्य अनलाइन २०७८ असोज ३१ गते ८:३८ मा प्रकाशित

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेकाे ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया-७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय