दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

ढाका । बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन् । उक्त प्रदर्शनहरु रोक्‍न खोज्दा प्रहरीसँग झडप भएको छ। राजधानी ढाकाको पाल्टनस्थित बैतुल मुकर्रम मस्जिद तथा ककरैल इलाकामा र नाआखालीको चौमूहनी झडपहरु भएका हुन् ।

त्यसैगरी नोआखालीको बेगमगञ्‍जमा हिन्दु समुदायका घर र पसलहरुमा समेत तोडफोड गरिएको बताइएको छ। उक्त झडपका क्रममा जतनकुरमा साहा नामका एक व्यक्तिको मृत्युसमेत भएको छ । ढाका प्रदर्शनका क्रममा मलिबाग मुस्लिम समाजका पोस्टरहरु लिइएका थिए । त्यसैगरी चौमूहनीमा भएको प्रदर्शनमा तौहिदी जनताका पोस्टरहरु थिए ।

प्रदर्शनकारीहरुले भारतको विरोध गर्दै नाराबाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री शेख हसिना भारतसँग निकै नजिक भएको आरोपसमेत लगाइएको छ । बिहीबार दुर्गा पूजा पण्डालमा कुरानको अपमान गरेको भन्दै फेसबुकमा पोस्ट राखेपछि पण्डालहरु तोडफोड गरिएका थिए ।

प्रतिक्रिया