महाकाली नदी किनारमा पुरुषको शव फेला

बैतडी । महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित नदी किनारमा शनिबार बिहान ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव करिब ४० वर्षीय पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया