चेन्नई सुपर किङ्सले जित्याे आईपीएलको उपाधि

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो । योसँगै तेस्रो पटक उपाधि जित्ने कोलकाताको सपना अधुरो भएको छ । चेन्नईले दिएको १ सय ९३ रनको चुनौती समाना गर्दै क्रममा कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र जोड्यो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ र भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै शिबम माभीले २० र लक्की फर्गुसनले अविजित १८ रन जोडे । तर अन्य ब्याटस् म्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । दिनेश कार्तिकले ९, कप्तान इयान मोर्गनले ४, राहुल त्रिपाठीले २, सुनिल नारिने २ रन जोड्दा नितिश राना र शकिब अल हसन सुन्य रनमा आउट भए ।

चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए भने रविन्द्र जडेजा र जोश हाजलउडले २र२ हात पारे । यस्तै दिपक चाहर र ड्वाने ब्राभोले १र१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले ८३, मोइन अलिले अविजित ३७ , रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन बनाएका थिए । कोलकाताले सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिए ।

प्रतिक्रिया