अब हरेक क्षेत्रमा युवा अगाडि बढनु पर्छ : सुरेशप्रसाद पटेल

पर्सा । नेकपा एमालेका जिल्ला सदस्य र निर्माण ब्यवसायी संघ पर्साका सचिव सुरेशप्रसाद पटेलले युवाले अब हरेक क्षेत्रमा अगाडि बढनु पर्ने बताएका छन् । बडादसैँको अवसरमा नवमीको दिन धोबिनी गाउँपालिका वार्ड नं ३ गुलरियामा नवदुर्गा भवानीको मन्डपमा पुगेर कन्या कुवारीहरुलाई प्रसाद ग्रहण गराउदै पटेलले सो कुरा बताएका हुन् । युवा हरुले गरेको को कार्य सराहनीय रहेकोले आफू युवा हरुको सहकार्य सहयोगमा सहभागी रहने उनले बताए । नेता पटेलले युवाहरु धार्मिक कार्यको साथै राजनीतिक कार्यमा समेत अगाडि बढनु पर्ने बताएका हुन् ।

उनले भने, ‘यदि धोबिनी गाउँपालिका भित्रका यदि कुनै पनि गरिबको छोरीहरुको पैसाको कारण विवाह गर्नमा समसया भइरहेको छ, भने म उसको छोरीको बिवाहको खर्च व्योहोर्न सक्छु र कन्यादान पनि गर्न तयार छु ।’ सो अवसरमा नेता पटेलले पुजा समितिलाई २६ हजार नगद समेत प्रदान गरे । युवाहरुको आवश्यकता राजनीतिक लगायत खेल, सास्कृतिक र पुजापाठमा समेत देखिएको कारण युवा हरुको मनोबल बढाउन आफु पछाडि नहट्ने बताए । नवदुर्गा पुजा समिति नेपाल प्रहरीका पूर्व प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सदाम अहमद,आईटी आर्मी पर्साका अध्यक्ष सन्तोष पटेल, सुनिल साह, अबास मियाँ, हरि पटेल, सम्सुल मिया, कमल प्रसाद कुर्मी, क्षेत्री पसवान र सोहन राउतको उपस्थिति रहेको थियो । त्यस्तै, बिरेन्द्र साह कानु, हरिप्रसाद कुर्मी, असर्फी पटेल, जनक पटेल , मकसुदन साह कानु, जनार्दन पटेल, हरिशंकर पटेल, सुदिल पटेल, अशोक पटेल, सन्जय गुप्ता, लगायत महिला पुरुष भक्तजन हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया