दक्षिणी ताइवानको एक भवनमा आगोलागी हुँदा ४६ जनाको मृत्यु

ताइपेइ । दक्षिणी ताइवानको एक आगोलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । आगोलागीमा परी कम्तीमा ४१ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूकाअनुसार ७९ जनालाई अस्पताल लगिएको र तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको छ ।

काओसुङ सहरको एक १३ तले भवनमा बिहिबार बिहान करिब तीन बजेतिर आगो लागेको स्थानीय अग्नी नियन्त्रण अधिकारीहरूले बताएका छन् । अग्नी विभागका अधिकारीले एक विज्ञप्तीमार्फत् भीषण आगोलागी भएको र धेरै तलाहरू ध्वस्त बनाएको बताएका छन् । आगो निभाउन अग्नि नियन्त्रकहरूलाई चार घण्टा भन्दा बढी समय लागेको थियो ।

आगोलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । आगोलागीको कारण खोज्न अनुसन्धान सुरु गरिएको छ । घटना स्थल नजिकैका मानिसहरूले आगोलागी हुनुपुर्व विस्फोट भएजस्तो ठुलो आवाज सुनेको स्थानीय सञ्चार माध्यमलाई बताएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया