सशानको निर्देशनमा हिन्दी गीत

काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनीत हिन्दी गीत ‘मेरे इश दिलपे’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक केशव भावुक र भारतीय गायिका रिशिता रोयको स्वर रहेको छ । गीतको भिडियोमा गायिका रोयले अभिनेता सिग्देलसँग अभिनय गरेकी छन् । सशान कँडेलले निर्देशन गरेको भिडियोमा भारतीय केटी र नेपाली केटाको प्रेमकथालाई देखाइएको छ । गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको गीतमा विकास दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । देव केसी, मोहितोश रोय, अमन लोप्चन लगायतका कलाकारको समेत भिडियोमा अभिनय छ । भिडियोलाई टंक बुढाथोकीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया