अर्थबजार

सिभिल बैकको ‘सुरक्षित दशैँ मनाऔं’ अफर

सौर्य अनलाइन २०७८ असोज २६ गते ७:५२ मा प्रकाशित

काठमाडौँ । सिभिल बैंक लिमिटेडले दशैँको अवसरमा ‘सुरक्षित दशैँ मनाऔं’ भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ल्याएको छ । वडा दशैंको नवाैं दिन अर्थात नवमीमा भक्तजनको मन्दिरमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्र्दैै बैंकले काठमाण्डांैको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ । यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय