ग्लोबल आईएमई समुन्नत योजनामा शतप्रतिशत प्रतिफल

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) योजना ‘ग्लोबल आईएमई समुन्नत योजना–१’ ले शतप्रतिशत प्रतिशत प्रतिफल दिने भएको छ ।

कम्पनीले यस योजनाका एकाइधनीहरुलाई करसहित उक्त लाभांश बाँड्ने निर्णय संचालक समिति बैठकबाट गरेको हो । आर्थिक वर्ष २०७७÷७८ को लेखा परीक्षण पुरा भएलगत्तै बसेको कम्पनीको संचालक समिति बैठकले योजनाका एकाइधनीहरुलाई सो बराबरको प्रतिफल दिनका लागि एक अर्ब रुपैयाँ वितरण गर्ने बताएको छ ।

प्रतिक्रिया