तामाङ चलचित्र संघको अध्यक्षमा मोक्तान

काठमाडौं । नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौँमा सम्पन्न भएको नेपाल तामाङ चलचित्र संघको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट नायक कुमार मोक्तानलाई अध्यक्षमा चयन गरिएको हो । मोक्तानले २९ सदस्यीय कार्यसमिति समेत गठन गरेका छन ।

जस्मा वरिष्ठ उपाध्यक्षमा भुइसल लामा , उपाध्यक्षमा दिपक लामा , अजय स्याङतन , जयन कुमार मोक्तान , महासचिवमा सुनिता लुङ्बा , सचिवमा ऋतुराज पाख्रीन , कोषाध्यक्षमा अनिता तामाङ , सह(कोषाध्यक्षमा अमर लामा र सदस्यहरु गरि जम्मा २९ सदस्यीय केन्द्रीय समिती गठन गरिएको छ ।

प्रतिक्रिया