‘सत्यम’ मा मलिका

काठमाडौं । गीति भिडियोमा चलेकी अभिनेत्री मलिका महत ‘सत्यम’ मा देखिने भएकी छन् । निकै व्यस्त रहेकी उनी कुनै समय ‘यात्रा’ चलचित्रमा काम गरेपछि गुमनाम जस्तै भइन् । उनी अभिनीत चलचित्र ‘पानीफोटो’ प्रदर्शनको तयारीमा छ । उनले पछिल्लो समय काम गरेको ‘फुलबुट्टे सारी’ बोलको गीतको भिडियोको सफलताले उनलाई मनोरञ्जन क्षेत्रमा ‘कमब्याक’ नै गराएको छ ।

शंकर कार्कीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘सत्यम’ मा मलिकालाई अनुबन्धित गरिएको हो । चलचित्रका निर्माता रेशम सापकोटाले सामाजिक सञ्जालमार्फत् मलिकालाई अनुबन्धित गरेको बताए । हमालको कमब्याक भनेर प्रचार गरिएको चलचित्रमा मलिकासँगै भिडियोमा रुचाइएका पल शाहसमेत अभिनय गर्दै छन् । सत्यम चलचित्र अहिले प्रि–प्रोडक्सनको क्रममा छ ।

जसमा राजेश हमाल, पल शाह, अनुपविक्रम शाही, अभय बराल, मलिका महत लगायतका कलाकार मुख्य भूमिकामा छन् । नवयुग सिनेमाको ब्यानरमा बन्न लागेको चलचित्रको लेखन तथा निर्माण रेशम सापकोटा, यसको सहनिर्मातामा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् ।

प्रतिक्रिया