दैलख । कांग्रेसको आसन्न १४औँ महाधिवेशनको लागि शनिबारदेखि दैलेखमा सुरु भएको गाउँ तथा नगर अधिवेशनमा महिला नेतृत्व कतै देखिएन । ११ वटा स्थानीय तह रहेको दैलेखमा शनिबार ५ पालिकामा सभापतिको लागि चुनाव भएको छ ।
गुटगत हिसाव नमिल्दा चुनाव गर्नुपरेको कांग्रेसले जनाएको छ । दैलेखका ११ मध्ये १० वटामा नेतृत्व चयन भएको छ । चयन भएकामध्य ४ नगरपालिका ६ वटा गाउँपालिका छन् । नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका छ । हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ ।
११ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा कहीँ पनि महिला नेतृत्वमा नआएको निर्वाचन समितिले जनाएको छ । सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा महिलाको नाम नै उच्चारण भएन भने निर्वाचन भएका पालिकामा पनि महिला प्रतिस्पर्धाका लागि तयार देखिएनन् । सबैभन्दा पुरानो नारायण नगरपालिकामा शनिबार पुरुष–पुरुषबीच नै नेतृत्वको लडाइँ भयो ।
पौडेल पक्षको गढ मानिएको नगरमा पौडेल पक्षलाई पछि पार्दै देउवा पक्षले चुनावी परिणाम हात पारेको छ । यहाँ पनि महिलाको नेतृत्व देखिएन । यसरी महिला नेतृत्वमा नआउनुले पार्टीमा पनि पुरुषकै वर्चस्व देखिएको छ ।
दुल्लू नगरपालिका र भगवतीमाई गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भए पनि महिलालाइ स्थान दिएन् । सभापति मात्रै होइन उपसभापति, सचिव र सहसचिव पदमासमेत महिलाको सहभागिता कमै छ ।
गत भदौ १८ गते भएको वडा अधिवेशनमा भने ९० वडामा निर्विरोध नेतृत्व चयन भएको थियो । युवावर्गलाई नेतृत्वमा ल्याउन १९ वर्षको उम्मेरमा दुल्लु नगरपालिका– ३ की स्वस्तीका महतलाई वडा सभापति बनाएको कांग्रेसले पालिकामा भने न महिलालाई ल्यायो न त युवालाई नेतृत्वमा महिला नआउनु दुर्भाग्य भएको महिला अधिकारकर्मीले बताएका छन् ।
यी हुन् पालिकाका सभापति
१. लाल बहादुर रावत–निर्विरोध दुल्लु नगरपालिका, दैलेख
२. जगत शाही–चामुण्डाविन्द्रासैनि नगरपालिका, दैलेख
३. विष्णुप्रसाद रिजाल ठाँटिकाध गाउँपालिका, दैलेख
४. अर्जुन बहादुर शाहीको– आठबिस नगरपालिका, दैलेख
५. मनोज थापा– नारायण नगरपालिका, दैलेख
६. कर्णबहादुर शाही–महावु गाउँपालिका, दैलेख
७. गंग बहादुर शाहीको नौमुले गाउँपालिका, दैलेख
८. खगेन्द्र बहादुर शाही–भगवतिमाई गाउँपालिका, दैलेख
९. भिम बहादुर भट्ट –डुगेश्वर गाउँपालिका, दैलेख
१०. चन्द्रप्रसाद भट्टराई – गुँरास गाउँपालिका, दैलेख
दैलेख
प्रतिक्रिया