रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ३ गैंडाटार स्थित कालापानी सामुदायिक वनमा रोहिणीप्रसाद घोरासैनी झुण्डिएर मृत्यु भएको भनिएको घट्ना सुनुयोजित हत्या रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सोमबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गर्दै हत्या गर्ने अभियुक्तहरु सार्वजनिक गरेकाे हाे । प्रहरीले ३ लाख रुपैया दिएर सुनुयोजित रुपमा घोरासैनीको हत्या भएको जनाएको छ ।
व्यक्तिगत रिसईबिका कारण पैसा तिरेर हत्या गरेको आरोपमा प्रहरीले गैंडाटार घर भई हालचन्द्रपुर न.पा वडा नं. ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोल प्रसाद वोलखे, गैडाटारकै वर्ष ४५ को प्रल्हादफुंयाल, सिन्धुलीकाे पिपलमाडी गाविस वडा नं ९ घर भई हाल पर्साकाे पर्सागढी नपा वडा नं ३ सृजना टोल बस्ने वर्ष २४ को रमेश पहरी र जिल्लानवलपरासी (पुर्वी) कावासोती नपा ८ बस्ने बर्ष २३ को सुर्यबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ । घट्नाका मुख्य योजनाकार सहदेब भनिने डोलप्रसाद बोलखे भने फरार छन् ।
मृतक रोहिणी प्रसाद घोरासैनीको वुवा भिमदत्त घोरासैनी धामी झाक्री रहेको र सोहि गाउँका अभियुक्त सहदेव भन्ने डोल प्रसाद बोलखेको घर परिवारका मानिसहरु बिरामी हुने गरेकाले निजले मृतकको वुवालाई नै आरोप लगाई यिनले नै बिरामी पारि दिने गरेको रिसईवी लिई राखेको थिए र २०६३/०६४ सालमा मृतकको बुवालाई आक्रमण गरी घाईते समेत बनाएका थिए ।
निज सहदेव बसाई सराई गरे तापनि उसको मनबाट मृतकको घर परिवारबाट रिसईवी हट्न नसकेपछि रिसईवी साध्नको लागि सोही टोलका अर्का अभियुक्त प्रल्हाद फुयालसँग रोहिणीप्रसाद घोरासैनीलाई मार्नका लागि ३ महिना अगाडी ३ लाख दिएर हत्याको योजना बनाएर ४ जना मिलेर हत्या गरि रुखमा झुण्डाएर आत्महत्या देखाउने प्रयास गरेर उम्कने रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख बिनोद घिमिरेले बताए । प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरीको कुकुरसमेत प्रयोग गरेर हत्यारा पक्राउ गर्न सफल भएको बताउँदै एसपी घिमिरेले अरु पनि संलग्न छन कि भन्नेबारेमा थप अनुसन्धान भईरहेको बताए ।
राैतहट
प्रतिक्रिया