अर्थबजार

प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

सौर्य अनलाइन २०७८ असोज ८ गते १२:२१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला रु पाँचले बढेको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएकामा आज रु एक हजार १६० तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय