आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा टेबुल 

काठमाडौं । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रियसभामा टेबुल भएको छ । आज (शुक्रबार) बसेको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरे ।

लगत्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक दश मिनेटका लागि स्थगित गरेका थिए । बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।

 

 

प्रतिक्रिया