आर्थिक सवलीकरण वित्तीय सुधारको आधार

प्रदीप उप्रेती

वचत स्वरूप प्राप्त हुन आएको रकमको सुरक्षाको प्रत्याभूतीका भरपर्दो वित्तीय क्षेत्रको आधार स्तम्भ पहिल्याउने क्रम जारी रहन्छ । परिणामतः अत्यधिक मात्रामा बैंक तथा वित्तीय क्षेत्रको माग बढ्न गई नागरिक समूहको वचत धनको सुरक्षित अवधारणाले मूर्तरूप लिन्छ । वचत तथा लगानीकोे श्रीवृद्धिले वित्तीय ग्राहकको पनि वृद्धि हुने सम्भावना रहन्छ । निक्षेप स्वरूप सञ्चित रहन आएको नागरिक धनको सुरक्षा नै वित्तीय साख अभिवृद्धिको चुनौती एवं अवसर हो ।

बेलाबखत वित्तीय क्षेत्रमा उत्पन्न हुने संकट पुँजीवादी अर्थ व्यवस्थाको विशेषता हो । यस्तो संकटबाट नेपाल पनि अछुतो छैन । यस्ता चुनौतीलाई क्रमशः चिर्दै विश्वासमय वातावरण तयार गर्नु पहिलो आवश्यकता हो । चुनौतीलाई चिर्दै अवसरको रूपमा सदुपयोग गर्न आर्थिक सरोकारसँग सम्बन्धित सबै पक्ष अनुशासित एवं लगनशील भएर जुट्नुपर्ने आजको आवश्यकता हो । जसका लागि सम्बद्ध मुलुकमा रहने नागरिक समुदायको आर्थिक सम्मुन्नतिको प्रमुख आधारविन्दु खुट्टाउनुपर्ने हुन्छ । आर्थिक सवलीकरणले मात्रै नागरिक समाजले सम्पन्नताको मूल लक्ष्यप्राप्त गर्न सक्छ ।

जसका लागि वचतउन्मुख वातावरण चाहिन्छ । नागरिकको वचतगर्ने क्षमतामा अभिवृद्धि भयो भने पुँजीको खाँचो हुँदैन । वचत स्वरूप प्राप्त हुन आएको रकमको सुरक्षाको प्रत्याभूतिका भरपर्दो वित्तीय क्षेत्रको आधारस्तम्भ पहिल्याउने क्रम जारी रहन्छ । परिणामतः अत्यधिक मात्रामा बैंक तथा वित्तीय क्षेत्रको माग बढ्न गई नागरिक समूहको वचत धनको सुरक्षित अवधारणाले मूर्तरूप लिन्छ । वचत तथा लगानीकोे श्रीवृद्धिले वित्तीय ग्राहकको पनि वृद्धि हुने सम्भावना रहन्छ । निक्षेप स्वरूप सञ्चित रहन आएको नागरिक धनको सुरक्षा नै वित्तीय साख अभिवृद्धिको चुनौती एवं अवसर हो । यसमा समूल सुधारको अपेक्षालाई कुनै पनि हालतमा पृथक राख्न मिल्दैन । निक्षेपलाई सुरक्षात्मक रणनीति अनुरूपको कार्ययोजनामा अत्यन्त संवेदनशील भएर लगानी गर्नुपर्छ । आर्थिक सुधार, ग्राहकसेवा विस्तार, कर्जा विस्तार, कर्मचारी व्यवस्थापन एवं वृत्तिविकास, मुनाफाको आधारमा बोनस वितरण, कर्मचारी कल्याणकारी कोषमा आधारित आदि कार्यका लागि ठूलो धनराशिको आवश्यकता पर्ने देखिन्छ । आर्थिक व्यवस्थापनका लागि आवश्यक पर्ने रकमको प्रमुख स्रोतको रूपमा अपवादबाहेक नागरिक समुदायबाट वचतको रूपमा प्राप्त हुन आएका निक्षेपलाई नै भरपर्दो आधार मान्न सकिनेछ ।

समूल रूपमा आर्थिक सबलीकरणको मार्गमा उन्मुख रहनु भनेको ग्राहक पहुँचको अभिवृद्धिमा समेत उल्लेख्य सफलता कायम गर्नु हो । जसका कारण मूल रूपमा दुई अवस्था प्रारम्भ हुनेछ । पहिलो अवस्था भनेको यस क्षेत्रको आर्थिक सम्पन्नतालाई लिन सकिन्छ । लगानी प्रवद्र्धनका लागि उपयुक्त वातावरण तयार भई अत्यधिक मुनाफा आर्जन गर्न सम्बद्ध समूह यथार्थ रूपमा नै बलशाली रहनेछन् । जसले लगानी प्रवद्र्धनका अवसरलाई निश्चित समय सीमाभित्र पूरा गर्न सहयोगीको भूमिका निभाउने देखिन्छ ।

विषेशगरी ०४६ सालको लोकतान्त्रिक यात्रा पश्चात निजीकरणको अवधारणामा आधारित निजीक्षेत्र तथा सरकारको संयुक्त लगानीमा सञ्चालनमा आएका वित्तीय क्षेत्रले सम्बद्ध क्षेत्रको सुरक्षा संवेदनशीलतालाई हेक्का राख्दै सुरक्षित अवधारणामा आधारित रहेर कार्य गर्दै आएका छन् । यस कदमको विकासले केही हदसम्म भए पनि आर्थिक समृद्धिको अलावा मुलुकमा ब्याप्त रहेको बढ्दो बेरोजगारीका दरलाई क्रमशः न्यून गर्दै सम्भावित रोजगारको नयाँ गन्तव्यको रूपमा यस क्षेत्रलाई पहिचान बनाउन सक्षम रहँदै आएको पाइन्छ । सकारात्मक आर्थिक अभिवृद्धिका साथै वित्तीय सुधारका लागि अति आवश्यक पर्ने पुँजीवृद्धिको अवधारणा अनुसारको रणनीतिक कार्यक्रमलाई अगाडि सार्दै नागरिक समाजलाई वचतका लागि उत्साहित गर्ने योजनाहरू वास्तवमा लगानी प्रवद्र्धनका प्रमुख आधार स्तम्भसमेत रहेको हुँदा यसको संरक्षण गर्नु जरुरी भइसकेको छ ।

वचत वृद्धिको सही प्रतिफल बैंकिङ समूहमा आवद्ध गराउने चाहना राख्ने हो भने आकर्षक वचत योजना सहितका कार्यक्रमलाई आत्मसाथ गर्नुपर्ने हुन्छ । तथापि प्रस्तुत अवधारणाहरू मुलुकको केन्द्रीय बैंकको निर्देशन अनुरूपको रहनुपर्ने तथ्यलाई अन्यत्र मोडन मिल्दैन । यी उद्देश्य प्राप्तिका लागि वचतकर्तालाई प्रदान गरिने व्याजदरप्रति आश्वस्त तुल्याउने आधारहरू सिर्जना गर्ने हो भने, निक्षेपका दरहरूमा अप्रत्यासित रूपमा वृद्धि हुने बलियो सम्भावना रहन्छ । जसलाई पुँजीवृद्धि एवं लगानीयोग्य वातावरण तयार भएको मान्न सकिनेछ ।

पुँजी निमार्णको प्राप्तिले आर्थिक विकास एवं समृद्धिको लागि लिइएको लक्ष्य पूरा गर्न मुलुकलाई समेत सहयोगीको भूमिका निर्वाह गर्नेछ । तत्पश्चात ः अधिक पुँजिवृद्धिको चाहना कायम रहन जाने देखिन्छ । यस प्रकारको गतिविधिको विकासले एकातिर मुलुकको बृहत्तर हितमा समावेश हुने अवसर मिल्दछ भने अर्कोतिर मुनाफामा सरिक भई मनग्य आर्थिक लाभ लिर्दै अतिरिक्त लगानीको वातावरण तयार हुने देखिन्छ । परिणामतः घोषित–अघोषित रूपमा प्रतिस्पर्धात्मक वित्तीय बजारको सम्भावना कायम रहनेछ । सफल प्रतिस्पर्धाले मात्र समग्र रूपमा यस क्षेत्रको सुधारको अवधारणाले पूर्णता हासिल गर्ने अवस्था तयार हुनेछ भन्न सकिन्छ । त्यसो भएको हुँदा संख्यात्मक भन्दा पनि गुणात्मक वित्तीय समुदायको विकास आजको आवश्यकता हो । मूलतः प्रस्तुत तथ्यगत विशेषतालाई आधार मानी मुलुकको केन्द्रीय बैंकले वित्तीय समायोजनको रणनीतिलाई अगाडि सारेको वर्तमान अवस्था हो ।

यो अवधारणालाई निरन्तरता कायम राख्दै विभिन्न प्रकारका आर्थिक कारोबार गर्ने समूहबीच प‘ुजी निमार्णका लागि आवश्यक पर्ने ठूलो धनराशीको जोहो गर्न प्रतिस्पर्धात्मक प्रक्रियाको आरम्भ भएको पाइएको छ । तुलनात्मक रूपमा जुन समूहले आर्थिक सुधारका रणनीतिलाई सफल रूपमा कार्यान्वयन गर्दै सुरक्षित अवधारणा अनुरूपको कार्यमा आपूm र आफ्नो समूहलाई समाविष्ट गराउने प्रयास गरेका छन्, सोही समूहसँग निष्क्रिय निक्षेपको रूपमा रहेको वचत समावेश हुने प्रवल सम्भावना रहन्छ । निक्षेपको सुरक्षा एवं लगानी प्रवद्र्धनको अभावमा तरलताको परिस्थिति निर्माण हुने देखिन्छ । बेलाबखत कायम रहन आउने प्रतिकूल अवस्थामा पनि आफ्ना ग्राहकको विश्वास जित्नु भनेको अब्बल वित्तीय कार्य हो ।

अप्रत्यासित रूपमा सिर्जना हुन सक्ने सम्भावित चुनौतीलाई चिर्दै सकारात्मक कार्यको थालनीले यस क्षेत्रको समुचित विकासका लागि निर्णायक भूमिका निर्वाह गर्ने देखिन्छ । जुन आर्थिक पक्षको सवलीकरणबाट मात्रै पूर्णता हासिल गर्न सक्ने भएको हुँदा सुधारका रणनीतिलाई मनन गर्दै सदैब प्रस्तुत कार्यलाई व्यवहारमा लागू गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया