रिजालको ‘चाँदनी’ बजारमा

काठमाडौं । गायक केशव रिजाल र गायिका शान्ति श्री परिवारको आवाज रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । समय र परिस्थिति अनुसार पछिल्लो समय विभिन्न गीतहरु बजारमा अनउने क्रम झन् फराकिलो हुँदै गएको छ ।

नयाँ–नयाँ उत्कृष्ट गीतहरू प्रकाशन र सिर्जनाको राम्रो प्रतिस्पर्धा भइरहेको पनि पाइन्छ । अन्य गीत संगीतहरुमा जस्तै उत्कृष्ट सिर्जना र दृश्य निर्माणमा पनि कुनै कमि नगरी एकपछि अर्को उत्कृष्ट गीत दिन सर्जक तथा गायक गायिकाहरु लागीपरिरहेकको पाइन्छ ।

सोही क्रममा केही दिनअघि गायक रिजालले पनि आफ्नो दर्शक श्रोताका लागि कोसेली स्वरुप उक्त ‘चाँदनी’ गीत ल्याएको जानकारी दिए । गीतमा रमेश परियारको शब्द रचना रहेको छ भने इस्वर सिंहले संगीत भर्नुका साथै कृष्ण केसीले संगीत संयोजन गरेका हुन् ।

त्यसैगरी उक्त गीतको भिडियोमा मौसम हिमालीको निर्देशन तथा ज्ञानेन्द्र हर्मा (हुमागाइँ) को छायंकन रहेको छ । भिडियो सम्पादन भने मनोज कार्कीले गरेका हुन् । उक्त भिडियोमा रामजी खाँण र गिता ढुंगानाले अभिनय गरेका छन् ।

केही वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा अमेरिकाको क्यार्लिफोनियामा रहेका रिजालले एक दशकदेखि नेपाली गीत संगीतमा आफू सक्रिय रहेको बताए । पर्वतको पाङमा जन्मिएका रिजालले ‘हिमालको काँख बाट सेती बग्यो’ बोलको गितबाट आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकाे बताए ।

प्रतिक्रिया