बैकमा ब्याजदर बढाउने होडबाजी

काठमाडौ । बैकहरुमा ब्याजदर बढाउने होडबजारी सुरु भएको छ । तरलता अभाव शुरू भएसँगै असोज महिनाका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर बढाएका हुन । अधिकांस बैंक तथा वित्तीय संस्थाले मुद्दती खातातर्फको व्याजदर बढाएर करिब १० प्रतिशत पु¥याएका छन ।

मौद्रिक नीतिमार्फत निक्षेप जोड कर्जा पुँजी ‘सीसीडी’ अनुपात हटाएर निक्षेप कर्जा ‘सीडी’ ९० प्रतिशत कायम गरेपछि तरलतामा दबाब परेको हो । पछिल्लो समयमा १७ भन्दा बढी वाणिज्य बैंकहरूको सीडी अनुपात ९० प्रतिशत पुगिसकेकाले निक्षेप नबढाइकन कर्जा प्रवाह गर्न नसक्ने अवस्था रहेको देखिएको छ ।

केन्द्रीय बैंकले कोभिड १९ को संक्रमण शुरू भएपछि सीसीडी अनुपात ८० बाट बढाएर ८५ प्रतिशत पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले वासेल ३ लाई कार्यान्वयन गर्ने भन्दै सीडी अनुपात प्रचलनमा ल्याएकाले नै तरलतामा चाप परेको बैंकर्सले बताएका छन । केही ठुला बैक बाहेक अधिकांस बैंकहरूले व्याजदर बढाएका छन । भदौ महिनाको तुलनामा बाणिज्य बैंकहरूले औसत १–२ प्रतिशतसम्म व्याजदर बढाएको देखिन्छ । ब्याजदर बढाएकाले वाणिज्य बैंकहरूको कस्ट अफ फण्ड पनि बढ्ने भएकाले आधारदर पनि परिवर्तन हुने संभावना बढेको छ ।

साउन पहिलो साता बैंकिङ प्राणलीमा करिब ३७ अर्ब ३७ करोड रूपैयाँ तरलता रहेकोमा भदौ ३० सम्ममा घटेर २० अर्ब रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन । उनका अनुसार तरलता कम हुँदा व्याजदरमा परेको छ । अधिकांस बैंकहरूले व्याजदर १ देखि २ प्रतिशतसम्म बढाएको पनि केन्द्रीय बैकले बताएको छ ।

तरलता व्यवस्थापन गर्नका लागि अन्तरबैंक सापटीको माग बढेकाले अन्तर बैंक व्याजदर शुन्य दशमलब ९१ प्रतिशतबाट बढेर ४ दशमलब ८६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले अन्तर बैंक व्याजदर ५ प्रतिशतको सीमा तोकेको छ । यसैगरी नेपाल राष्ट्र बैंकमार्फत पनि बैंक तथा वित्तीय संस्थाले राखेको एसएलआर, बचत पत्र, ऋणपत्र, सरकारी प्रत्याभूतिका आधारमा एक साताका लागि एसएलएफ अर्थात सापटी लिन पाउने व्यवस्था रहेको छ ।

केन्द्रीय बैकको पछिल्लो तथ्यांकअनुसार औषत कर्जाको व्याजदर ८ दशलमवम ५३ प्रतिशत रहेको छ तर अब कर्जाको व्याजदर १० प्रतिशतभन्दा माथि पुग्ने देखिएको छ । असोज महिनाका लागि प्रकाशित भएको व्याजदर मुद्दतीतर्फ सबैभन्दा धेरै ग्लोबल आईएमई बैंक, सनराइज बैक, सानिमा बैंकको रहेको छ ।

ग्लोबल आईएमइे मुद्दतीको व्याजदर करिब १० दशमलव ५ प्रतिशत पुर्याएको छ भने सनराइज बैंकले १० दशमलब शुन्य ७ र सानिमा बैंकले १० दशमलब शुन्य १ प्रतिशतसम्म व्याजदर कायम गरेका छन् । अन्य बैंकहरूले ८ देखि ९ दशमलब ५ प्रतिशतको हाराहारीमा व्याजदर कायम गरेका छन । स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, कृषि बिकास बैंक, राष्ट्रिय वाणिज्य बैंकहरूले व्याजदरमा परिवर्तन गरेका छैनन ।

रेमिटान्समार्फत प्राप्त हुने बचतका लागि साधारण तथा मुद्दती दुवैको व्याजदर बैंकहरूले १ प्रतिशतले बढाएका छन् । रेमिटान्समार्फत प्राप्त भएको प्रमाणसहित बैंक खाता खोली रकम जम्मा गरेमा निक्षेपकर्ताले साधारणतर्फ ५ देखि ६ प्रतिशत र मुद्दतीमा १० प्रतिशतभन्दा बढी व्याजदर पाउने देखिएको छ ।

प्रतिक्रिया