घरमै नागरिकता

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१ हललाइन निवासी जन्मसिद्ध अपांग रहेकी भारती थापालाई बिहीवार उनको घरमै पुगी प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नागरिकता प्रदान गरेका छन् । जनताको लाई सहज तथा छरितो सेवा दिन जिल्ला प्रशासन प्रतिबद्ध रहेको प्रजिअ विष्णु पौडेलले बताए । प्रजिअ पौडेलले भने, ‘अपांग, असहाय, वृद्ध तथा गरिबहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्छौं, राज्यले दिने कानुन बमोजिमका सेवा सुविधामा कुनै कमि भए सबैले खबर गराँै, हामी घरघरमै गएर सेवा दिन तयार छौँ ।’

बाबु ओमबहादुर थापा र आमा ज्ञानु थापाको कोखबाट ०५२ सालमा जम्मेएकी भारती थापा शारीरिक तथा मानसिक हिसाबले पूर्ण रूपमा अपांग रहेकी छन् । उनको बिहानदेखि साँझसम्म सबै खानपिन र स्याहारसुसार गर्नुपर्ने हुन्छ ।

आमा ज्ञानु थापाले भनिन्, ‘कोही आफन्त आएर बिदा हुँदा आँसु नै निकालेर रुने गर्छिन्, भुइँमा मात्र सुताउनुपर्ने हुन्छ, निकै पीडा लाग्छ कहिलेकाँही एक्लै बसेर रुन्छु, आज घरमै आएर नागरिकता दिनुभयो निकै खुसी लागेकोे छ, नजिकै प्रशासन हुँदा त्यहाँसम्म लान सकिएन, निकै छट्पटाउने कराउने हँुदा लान सकिएन, सिडियो साबलाई धेरै धन्यवाद ।’

उमेर भएर पनि लामो समयसम्म नागरिकता नबनेको थाहा पाएपछि आपूmले प्रशासनसँग समन्वय तथा सहजीकरण गरी नागरिकता प्रदान गरेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए । अध्यक्ष खनालले भने, ‘हामी सधैँ दुःखी गरिब र आवाजविहीनहरूको पक्षमै हुन्छौँ कहीँ कसैलाई समस्या भए भन्नुहोला सक्दो सहयोग गर्नेछाैं।’ राज्य तथा सबै सरोकारवालाहरूले अपांगहरूको क्षेत्रमा यसरी नै विशेष योजनाका साथ काम गरेमा परिवार र स्वयं अपांगलाई पनि केही मनोबल बढ्नेछ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया