च्याटमार्फत ज्योति लाईफको जानकारी

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ । योसँगैं अब ज्योति लाईफका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।

च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ । यसमा कम्पनीका विभिन्न सेवामा बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाईन भुक्तानी, डाउनलोड तथा अन्य सेवाहरु उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया