नायक श्रीदेव फेरि चलचित्रको विषेश भुमिकामा

काठमाडौं । नायक श्रीदेव भट्टराई फेरि एक चलचित्रको विषेश भुमिकामा देखिने भएका छन् । भट्टराईलाई चलचित्र निर्देशक माधवराज खरेलले आफ्नो नयाँ चलचित्रको विषेश भुमिकामा खेलाउने भएका हुन् ।

यसभन्दा अगाडि पनि निर्देशक खरेलले नायक भट्टराईलाई केही आफ्नो चलचित्रमा खेलाउँदै आएकाले अहिले पनि उनलाई नै रोजेको जानकारी दिए । यसअघि हास्य कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालिसे, नायक सञ्जित भण्डारी लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिाकामा नायक भट्टराईलाई अनुबन्धीत गरेको बताए ।

पिम नेपालको प्रस्तुति रहने उक्त चलचित्रको लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल (पौडेल) लाई समेत छानिएको निर्देशक खरेलको भनाइ छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने खरेलले बताए ।

चलचित्रको छायांकन पछिल्लो बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेलिएको निर्देशक खरेलले बताए । चाँडै छायांकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनोट प्रक्रिया पनि लगभग अन्तिम चरणमा पुगेको खरेलले जानकारी दिए ।

शान्तिप्रिय काष्टिङ निर्देशक रहेको उक्त चलचित्रमा जिवन पराजुलीको छायांकन, किरण दाहालको द्वन्द्व रहने बताइएको छ । कमला जोशी निर्माता रहने फिल्ममा सह–निर्माताको रुपमा राजन थापा रहने निर्देशक खरेलले बताए ।

प्रतिक्रिया