
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा भएको सामूहिक बलात्कार तथा जबरजस्ती करणी उद्योगको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पीडितले दिएको सूचना र उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरूमा एक जना स्थानीय र चार जना भारतीय नागरिक रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गौर नगरपालिका–२ बस्ने २५ वर्षीय सन्तोष राउत, भारतको मुजफ्फरपुर जिल्ला कल्याणी पञ्चायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, सोही जिल्लाको मैरोवन पञ्चायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत १ बस्ने ३८ वर्षीय हसनैन आलम र क्रममा पञ्चायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् ।
गौर नगरपालिका– २ मा रहेको एक होटलमा उक्त घटना भएको प्रहरीले जनाएको छ । पीडितबाट घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल सक्रिय भएको प्रहरी टोलीले गत असार २१ गते बिहानको करिब १ बजे आरोपीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया