गोविन्द कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए । कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव छन् ।

प्रतिक्रिया