‘दास क्यापिटल’ लेख्ने क्रममा यसरी काम गर्दै थिए मार्क्स

लोकनारायण सुबेदी

पोलिस विद्रोहको स्मृतिमा माक्र्सकी ठूली छोरी जेनीले क्रस पहिरिइन् । पछिबाट उनले क्रसलाई हरियो फितामा उनेर पहिरिइन् । हरियो रंग आयरल्यान्डको पारम्परिक रंग हो । त्यो पहिरिएर जेनी आयरिस मुक्ति संघर्षप्रति आफ्नो समर्थन जाहेर गर्न चाहन्थिन् ।

‘दास क्यापिटल’ अर्थात ‘पुँजी’ जस्तो महान ग्रन्थका लेखिरहेका बेला कार्ल माक्र्स गहन र गम्भीर महत्वका सैद्धान्तिक खोज अध्ययनमा लागेका थिए नै । तर यसरी अत्यन्तै महत्वपूर्ण अध्ययनमा समर्पित रहेका बेलामा पनि कार्ल मार्क्सले कोरा सैद्धान्तिक अध्ययन मात्रै गरिरहेका थिएनन्, तत्कालीन राजनीतिक घटनाक्रमसँग आफ्नो सम्पर्क सूत्रलाई एक क्षण पनि टुट्न दिएका थिएनन् । उनले एक सक्रिय प्रचारकर्ताका रूपमा आर्थिक विकास र यूरोप तथा अमेरिकी देशहरूमा त्यहाँका शासक वर्गका नीतिहरूको अध्ययन पूरा सतर्कताकासाथ गर्दै रहेका थिए । ती देशहरूमा चलिरहेका जनवादी तथा सर्वहारा आन्दोलनहरूका सानाभन्दा साना उपलब्धीहरूमाथि पनि सुक्ष्मतम् दृष्टिले हेर्ने कुरामा मार्क्स कहिल्यै चुकेका थिएनन् ।

१८५० को दशकमा चार्टिस्ट आन्दोलनको बाम पक्षले मजदुर बर्गका बीच प्रचार कार्यको दिशामा केही सशक्त कदम उठायो । त्यस क्रममा केही चार्टिस्ट नेताहरू र आमकार्यकर्ताहरूका धारणाका बारेमा माक्र्सका विचारहरू लगातार गहिरो हुँदै गएको छाप प्रष्टसँग देख्न सकिन्छ । १८५० मा चार्टिस्ट पत्र ‘रेड रिपब्लिकन’ मा पहिलोपटक माक्र्सवादको कार्यक्रम, दस्ताबेज, कम्युनिस्ट पार्टीको घोषणापत्र (अंग्रेजीमा अनुवाद) प्रकाशित गरियो । खासगरी ती लेखहरूमा जसमा बालिग मताधिकारद्वारा राजनीतिक शक्ति हासिल गर्नका लागि मानिसहरूलाई अपिल गरिएको थियो, घोषणापत्रका विचारहरूलाई अभिव्यक्ति दिइएको थियो ।

कार्ल मार्क्सले ‘द पिपुल्स पेपर’ साप्ताहिक निकाल्नमा चार्टिस्ट नेता अर्नेस्ट जोन्सलाई मद्दत गरे । त्यस पत्रिकाको पहिलो अंक १८५२ मा निस्कियो । त्यसमा माक्र्सका १७ वटा लेखहरू प्रकाशित भए । जोन्सको अनुरोधमा माक्र्सले प्रायः पत्रिकाको सम्पादनमा रुची लिए र त्यसलाई उनले एउटा क्रान्तिकारी साप्ताहिकको रूप दिन मद्दत गरेका थिए । चार्टिस्ट नेताहरूले १८५४ मा मजदुर ट्रेड युनिनयहरू र क्बलहरूका प्रतिनिधिहरूको सम्मेलन म्याञ्चेस्टरमा आयोजना गरे । उनीहरूको उद्देश्य एउटा ‘जन आन्दोलन’ नामले चार्टिस्ट संगठन निर्माण गर्ने थियो । माक्र्स म्याञ्चेस्टर गएर सम्मेलनमा भाग त लिन पाएनन् तर उनले एउटा पत्र लेखे र त्यसमा सर्वहारा पार्टी गठन गरेर मजदुर वर्गलाई राष्ट्रियरूपमा एक जुट तुल्याउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

गर्मीका समयको आइतबारका दिन व्यापार बन्द गर्ने सरकारको सन् १८५५ मा गरिएको निर्णयका विरुद्ध श्रमजीवी जनताले लन्डनका सडकहरूमा विशाल प्रदर्शन गरे । त्यतिबेला मजदुरहरूकलाई साप्ताहिक पारिश्रमिक शनिबारका दिन दिने गरिन्थ्यो । उनीहरूका श्रीमतीहरू आइतबारका दिन बजारमा किनमेल गर्न जान्थे । त्यसैले यस दिन बजार(दोकानहरू) खुल्नुपर्दछ भन्ने माग मजदुरहरूले गरे । यो प्रदर्शनमा कार्ल माक्र्स स्वयं र बिल्हेम लिब्नेख्ट पनि सहाभागी थिए ।

त्यतिबेला बृटिस मजदुरहरूका हड्ताल, आन्दोलन र जनकारबाहीहरूले साबित गरेका थिए कि मजदुर वर्गमा अपार सम्भावना निहीत रहेको छ । प्रश्न के थियो भने के ती सम्भावनहरूलाई मूर्त रूप दिन सकिन्छ ? प्रश्न अर्को के पनि थियो भने आउँदा केही वर्षमा के सर्वहारा वर्ग न केवल ‘आपूmमा आफैँ एउटा वर्ग’ मात्र होइन कि ‘आफ्नै लागि एउटा वर्ग’ बन्न सक्ला ? यो कम महत्वपूर्ण कम गम्भीर प्रश्न थिएन । इंगल्यान्डको आर्थिक तथा राजनीतिक परिस्थितिको विश्लेषणबाट माक्र्स कुन निष्कर्षसम्म पुगेका थिए भने यदि बृटिस मजदुर वर्ग सुसंठित भयो र आफ्नो जागरुपता बढायो अनि आफ्ना भावनालाई बढी क्रान्तिकारी बनायो भने सम्भवतः इंल्यान्डको विकासले क्रान्तिकारी परिवर्तनको बाटो पक्रिन सक्तछ (तर १८५०को दशकको अन्तिम वर्षहरूमा यो स्पष्ट भयो कि चार्टिस्ट आन्दोलनले राजनीतिक मोर्चा नै त्यागिदियो) ।

१८५० का बेला ट्रेड युनियनको विकास तीव्र गतिमा भइरहेको थियो । भवन निर्माण, इञ्जिनियरिङ, सुती कपडा उद्योग र अन्य उद्योगहरूमा मजदुरहरूले ट्रेड युनियन बनाए र पुँजीको हमलाका विरुद्ध श्रमिक शक्तिलाई एकजुट पार्ने कोशिस गरिरहेका थिए । तर, ट्रेड युनियन नेतृत्वले आफ्नो सारा ध्यान केवल आर्थिक मागहरूमाथि मात्र केन्द्रित ग¥यो । मजदुर आन्दोलनमा ट्रेड युनियनवाद यसरी लगातार हावी हँुदै जान थाल्यो । बृटेन विश्वको सबैभन्दा ठूलो औद्योगिक र औपनिवेशिक शक्तिका रूपमा उदाउनाले यस प्रक्रियालाई अझ बल मिल्यो । मजदुर वर्गका बीच एउटा यस्तो अभिजात्य तप्का हुर्किएर देखापर्यो जसलाई बृटिस पुँजीपति बर्गले आडधाप दिन्थ्यो र मजदुर वर्गमाथि आफ्नो प्रभाव कायम राख्ने औजारका रूपमा तिनको उपयोग गर्ने गर्दथ्यो ।

सन् १८५० को दशकको अन्तिम र १८६० को दशकका आरम्भिक वर्षहरूमा युरोप र अमेरिकामा आर्थिक संकट पछि क्रान्तिकारी आन्दोलनमा फेरि उभार आयो । आर्थिक संकटको आरम्भ अमेरिकामा भयो र त्यसले चाँडै नै युरोपलाई पनि ग्रस्त बनायो । अन्ततः त्यसले पुँजीवादी इतिहासमा पहिलोपटक एउटा विश्वव्यापी संकटको रूप लियो । अमेरिकाको यो संकटको समाचार पाउने बित्तिकै माक्र्सले एंगेल्सलाई लेखेका थिए, ‘अमेरिकाको यो संकट बहुत ठूलो र अन्त्य नहुने किसिमको छ । सन्देह के छ भने ठूलो संख्यामा निर्यात फर्महरू कंगाल हुन जानेछन्, अहिलेसम्म त केही फर्महरू मात्रै यस्तो स्थितिमा पुगेका छन् । इंगल्याण्डमा यसको यत्तिका प्रभाव प¥यो कि लिभरपुलको सिटी बैंकसम्म यसबाट प्रभावित भएकोछ ।’

संकटको फलस्वरूप उत्पादनमा जबर्जस्त कमी आयो । सम्पूर्ण पुँजीवादी अर्थव्यवस्थाका जोर्नीहरू हल्लिए । हजारौँ फर्महरू कंगाल बन्न पुगे । बैंक अफ इंगल्यान्डले नोट छाप्ने काम ग¥यो तर त्यसको मूल्य बराबरको सुन सुरक्षित कोषमा राखेन । मजदुर वर्गमाथि त झन् भयंकर संकटको पहाडै फुट्न गयो । इंगल्यान्डमा लभगभ ६० प्रतिशत औद्योगिक मजदुर पूर्णतः या आंशिकरूपमा बेरोजगार हुन गए । माक्र्सका गोजीमा पनि यो संकटको सोझो असर प¥यो । ‘न्यू योर्क डेली ट्रिब्यून’ मा प्रकाशित लेखहरूबाट हुने गरेको सानो आम्दानी पनि आधा मात्र रहन गयो । घरका सबै कुराहरू एकपटक पुनः बन्धक राख्ने दोकानमा पुग्न गए । आर्थिक संकटसँग सम्बद्ध आफ्ना लेखहरूमा माक्र्सले बताए कि पुँजीवादी अर्थशास्त्रीहरूद्वारा त्यसमाथि काबु पाउन गरिएका प्रयत्नहरू असफल हुनेछन् । उनले घोषणा नै गरे कि जबसम्म पुँजीवादी प्रणाली रहनेछ त्यसबेलासम्म आर्थिक संकट पनि कायम रहनेछ ।

विश्व आर्थिक संकटले युरोपेली तथा अमेरिकी देशहरूको राजनीतिक क्षेत्रहरूमा परिवर्तनकै गति तीव्र तुल्याइदियो । १८५० को दशकको अन्त्यमा रुसमा क्रान्तिकारी स्थिति पैदा भइसकेको थियो, १८६१–६५ का बेला काला मनिसहरूको दासतालाई लिएर अमेरिकामा जबर्जस्त गृहयुद्ध भयो, इटालीमा सशस्त्र क्रान्तिकारी उभार आएको थियो र १८६२–६४ मा पोल्यान्डमा अस्ट्रियाई शासनका विरुद्ध विद्रोहको भावना भड्किएको थियो । माक्र्सले मजदुर वर्गको राजनीतिक गतिविधिको विकासको अध्ययन त्यतिबेला गहनतम र गहिराईपूर्वक गरे । उनले जनवादी तथा सर्वहारा आन्दोनलको विकासको अध्ययन गरे, यस विषयमा कैयौँ लेखहरू लेखे र विभिन्न देशहरूका क्रान्तिकारीरुका बीच दृढ सम्पर्क सूत्र स्थापित गर्न जोडतोडले लाग्ने कोशिस गरे ।

माक्र्स यो कुरा बताउने पहिलो व्यक्ति भएका थिए कि अमेरिकी गृह युद्ध प्रथमतः र अनिवार्यतः दुई समाज प्रणालीको युद्ध हो । अमेरिकामा काला मानिसहरूको दासताको समाप्तिको स्थितिमा माक्र्स र एंगेल्सले त्यसबाट देशको इतिहासमा एउटा नयाँ मोड आइरहको अनुभूत गरिरहेका थिए, जसको असर सारा संसारको इतिहासमा पर्नेवाला थियो । रुसको अध्ययन गर्दै त्यतिबेला माक्र्सले त्यहाँको किसान आन्दोलनको विकास र १८५० को दशकको अन्त्यको रूपमा परिपक्क हुँदै गएको क्रान्तिकारी अवस्थामा विशेषरूपले ध्यान दिएका थिए । उनले रुसमा तीव्ररूपमा औद्योगिक विकासको आवश्यकतामाथि जोड दिएका थिए, किनभने आर्थिक दृष्टिले रुस पश्चिमा देशहरूको तुलनामा धेरै नै पिछडिएको थियो ।

अनि १८६३ को आरम्भमा रुसको पोल्यान्ड खण्डमा जातीय मुक्ति संघर्ष सुरु भएको थियो । त्यससँगको जनवादी तथा मुक्ति आन्दोनलहरूको मोर्चा व्यापक हुन गयो । एंगेल्सलाई लेखेको एउटा पत्रमा माक्र्सले गौर गरेर के लेखेका थिए भने पोल्यान्ड विद्रोह युरोपमा क्रान्तिकारी उभारका बीच सुरु भएको थियो । परिस्थिति त्यसको अनुकूल छ । ‘आशा छ कि यसपटक लाभा पूर्वबाट पश्चिमतिर बग्नेछ’ माक्र्सले पत्रमा लेखेका थिए ।

पोलिस विद्रोहको समर्थनमा माक्र्सले जे गर्न सक्तथे त्यो उनले अवश्य पनि गरे । समाचारपत्रहरूको माध्यमबाट उनले जार र प्रशाका सरकारहरूद्वारा पोलिस विद्रोहको विरुद्धको षड्यन्त्रको पर्दाफास गरे । विद्रोहले जुन रूप धारण ग¥यो र जारको फौजले जुन दारुणताका साथ विद्रोहीहरूलाई कुल्चियो त्यसबाट माक्र्सको यो निष्कर्ष सही साबित भयो कि पुलिस जनताको मुक्ति संघर्ष पश्चिमा देशहरूको सरकारहरूको सहयोगमा होइन, बरु रुसभित्र क्रान्तिकारी आन्दोलनसँगको सहयोगमा निर्भर थियो र यसका साथै यस कुरामा पनि निर्भर थियो कि पोलिस जनताले आफ्नो मुक्ति संघर्षलाई क्रान्तिकारी किसिमले चलाउन सक्छन् कि सक्तैनन् अनि किसान वर्गको हितमा क्रान्तिकारी परिवर्तनसँग आफ्नो संघर्षलाई जोड्न सक्छन् कि सक्तैनन् ।

पोलिस विद्रोहको स्मृतिमा माक्र्सकी ठूली छोरी जेनीले क्रस पहिरिइन् । पछिबाट उनले क्रसलाई हरियो फितामा उनेर पहिरिइन् । हरियो रंग आयरल्यान्डको पारम्परिक रंग हो । त्यो पहिरिएर जेनी आयरिस मुक्ति संघर्षप्रति आफ्नो समर्थन जाहेर गर्न चाहन्थिन् । अनि १८५९ का आरम्भिक दिनहरूमा इटली महान क्रान्तिकारी घटनाहरूको संघारमा थियो : देश विभक्त थियो जसले गर्दा विकास अवरुद्ध थियो, उत्तरी भागमा अस्ट्रियाको अधिकारलाई लिएर इटलीवासी कुपित थिए । माक्र्सको के विश्वास थियो भने आफ्नो देशको भाग्यको फैसला केवल इटली निवासीले गर्न सक्तछन् अनि आफ्ना उत्पीडकहरूकाप्रति तिनको ज्वलन्त घृणा राष्ट्रव्यापी क्रान्तिको रूपमा सामुमा आउनेछ । उनको के राय थियो भने मध्यम र साना पुँजीपति वर्ग, किसान, बुद्धिजीवीहरू उदाउँदो मजदुर वर्गलाई सामन्त बर्ग विरोधी जनवादी शक्तिको वरिपरि गोलबन्द गर्नु पर्दछ, ता कि उनीहरूले देशका सामुमा रहेको गर्नै पर्ने कामलाई सफल बनाउन सकुन् । इटलीका जनवादीहरूलाई तुरुन्तै सावधान गर्दै माक्र्सले उनीहरूलाई बताएका थिए कि नेपोलियन तृतीय केवल आफ्नो स्वार्थ सिद्धिको दृष्टिले इटलीको मामिलमा रुचि लिइरहेका छन् ।

यता गैरीबाल्डीका सेनाद्वारा दक्षिण इटलीलाई नेपिल्सको बीरबोन वंशको चंगुलबाट मुक्त गर्ने खबर माक्र्ससम्म पुग्दा उनले त्यसको जोडदार स्वागत गरेका थिए । तर, एक राजनीतिज्ञका रूपमा गैरीबाल्डी त्यत्तिकै निकम्मा सावित भयो जत्तिको श्रेष्ठ ऊ क्रान्तिकारी सेनानायकका रूपमा सिद्ध भएको थियो । पूरै दक्षिण इटलीलाई स्वतन्त्र गराइसकेपछि गैरीबाल्डीले रोमतर्फ आफ्नो प्रस्ताबित दौड रद्द गरिदयो, आफ्नो अधिकार त्यागिदियो र यसरी अदूरदर्शी तथा ढुलमुलकारीको परिचय दियो ‘जसका लागि यो जानिने गरिन्छ ! सम्पूर्ण इटलीको एकता के कसरी स्थापित हुनेछ’ यस प्रश्नलाई उसले उचित महत्व दिएन ।

प्रतिक्रिया