कालिकोट । अनेरास्ववियु कालिकोटले एमसीसी चाहिँदैन, जयसिंह धामीको हत्यारा भारतीय नागरिकलाई कारबाही होस् भन्ने माग गर्दै कालिकोटमा विरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हिक्मत जंग मल्लको नेतृत्वमा एमसीसीविरुद्ध तथा जयसिंह धामी र सरकारको अभिव्यक्तिप्रति विरोध प्रदर्शन गरेको हो । कालिकोट सदमुकाम मान्म बजारको प्रतिमाचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म र्याली गर्दै विरोध जनाएको हो ।
नेपाली नागरिक जयसिंह धामीको न्यायका लागि भारतीय नागरिकलाई कारबाही गर्न नेपाल सरकारले किन सकेन, एमसीसी आवश्यकता छैन भन्दै अनेरास्ववीयुले विरोध गरेको थियो । गृहमन्त्रीको विज्ञप्तीमाथि घोर भत्र्सना गर्दै मृतक जयसिंह धामीका आफन्तले न्याय नपाएको बारे विरोध गरिएको थियो ।
उक्त विरोध कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाउन खोज्दा प्रहरी निरिक्षकसहितको टोलीले पुत्ला दहन गर्न नदिएको अनेरास्ववियुका केन्द्रीय सदस्य हिक्मतजंग मल्लले बताए ।
न्यायका विरुद्धमा प्रहरी प्रशासनले गरेको दमनप्रति घोर विरोध रहेको विद्यार्थी नेता हिक्मतजंग मल्लले बताए । विरोध कार्यक्रममा युवासंघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य गोभिन गुरुङ तथा अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया