जीपी अस्पताललाई शव वाहन प्रदान

तनहुँ । सूर्य नेपाल प्रालिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सोमबार शव वाहन उपलब्ध गराएको छ । प्रालिका व्यवस्थापक बाबुराम कार्कीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई शव वाहनको साँचो हस्तान्तरण गरेका हुन् ।

प्रजिअ आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई उक्त साँचो संयुक्तरुपमा हस्तान्तरण गरे ।

जिल्लामै शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या भइरहेकाले आफूहरूले सामाजिक उत्तरदायित्व बहन गरेको प्रालिका व्यवस्थापक कार्कीले बताए ।

शव वाहनको अभावमा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि यस कम्पनीसँग सहयोग माग गरिएको थियो भन्दै प्रजिअ आचार्यले यसबाट जिल्लाका १० वटै पालिकाकालाई सहज हुने बताए ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले शव वाहन नहुँदा जिल्लावासीले कठिनाइ भोग्न परेको अवस्थामा आउँदा दिनमा सहज हुने चर्चा गरे ।

प्रतिक्रिया