स्पाइनी ब्याब्लर फेस्टिभल

काठमाडौं । ‘स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१’ सम्पन्न भएको छ । राजधानीमा बुधबार स्पाइनी मुभिज प्रालिको प्रस्तुतिमा आयोजना गरिएकोे उक्त फेस्टिभलमा नेपाल, जापान, भारत, पाकिस्तान, फिलिपिन्स, अमेरिका, क्यानाडा, श्रीलंका, बंगलादेश लगायतका देशबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रको सहभागिता रहेको थियो । फेस्टिभलमा नेपाली चलचित्र ‘कुइँनेटो’ लगायतका अन्य छोटा तथा लामा चलचित्र र वृत्तचित्र सर्वोत्कृष्ट बन्न सफल भए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी विजयरत्न तुलाधर, गीतकार तथा पत्रकार शान्तिप्रिय, पत्रकार सुमन बैरागी, सुर्य चन्द, ज्योतिप्रकाश लगायतका कलाकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्य लिएर पहिलो पटक फेस्टिभलको आयोजना गरेको आयोजक समितिका अध्यक्ष डा. हुस्नेत आजादले बताए । उनले गत १ मेमा सम्पन्न हुनुपर्ने उक्त कार्यक्रम कोभिड–१९ का कारणले स्थगित भएको जानकारी दिए ।

उक्त फेस्टिभलमा अन्तर्राष्ट्रिय अवार्ड बिजेता सर्ट फिल्ममा ‘र्टोटड’ डाइरेक्टर अफ फोटोग्राफी (पाकिस्तान), ‘नक’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय स्क्रिप्ट (फिलिपिन्स), ‘हाउसब्रेकिङ’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुफिल्म (भारत), ‘हाउस ब्रेकिङ’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक (भारत) रहेका छन् । त्यसैगरी राष्ट्रिय वृत्तचित्र अवार्ड बिजेतामा ‘२०९७ साल’ (सर्वोत्कृष्ट छायांकार) दिपेन महर्जन र मोहनकुमार, ‘ओसिस’ सर्वश्रेष्ठ राष्ट्रिय लघुवृत्तचित्र (जैस्पर न्यौपाने, रस्मिता लिम्बु), ‘काठमाडौंदेखि गोक्योसम्म ट्रेकिङ’ सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र फिल्म पर्यटन (निर्देशक माधवराज खरेल, निर्माता कमला जोशी र पूर्ण राई) रहेका छन् । साथै, राष्ट्रिय चलचित्र अवार्ड बिजेतामा ‘लम्फू’ सर्वोत्कृष्ट अभिनेता संजीत भण्डारी, ‘लक्ष्मीपूजा’ सर्वोत्कृष्ट निर्देशक समीर मियाँ, ‘कुइँनेटो’ सर्वोत्कृष्ट छायांकार जीवन पराजुली, ‘कुइँनेटो’ सर्वोत्कृष्ट चलचित्रबाट माधवराज खरेल र श्रीदेव भट्टराईले अवार्ड प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय लघुचलचित्र अवार्ड बिजेतामा ‘बिस्कुन’ सर्वोत्कृष्ट नेसनल इन्स्पिरेसनलमा गणेश उपाध्याय, ‘फागुनिया’ को सर्वोत्कृष्ट निर्देशक सरिता शाह, ‘जुनुको जुत्ता’ सर्वोत्कृष्ट नेसनल मोटिवेसनलमा केदार श्रेष्ठ, ‘प्रिस्ट’ सर्वोत्कृष्ट स्क्रिप्ट लेखनमा तिल थापामगर, ‘द रेड मुन’ सर्वोत्कृष्ट छायांकारमा रविन श्रेष्ठ र लुजाव सिंह, ‘वार आफ्टर वार’ सर्वोत्कृष्ट राष्ट्रिय लघुचलचित्रमा राजेश श्रेष्ठ, ‘वेदना’ सर्वोत्कृष्ट कृषि लघुलचित्रमा अशोक पाठक, ‘कन्फिडेन्स’ सर्वोत्कृष्ट एजुकेसनल लघुचलचित्रमा डा. नजीम सेखले अवार्ड पाएका छन् । साथै सम्मानित हुनेमा ‘चलचित्रकर्मी सम्मान’ ऋषि लामिछाने, ‘सञ्चारकर्मी सम्मान’ विष्णु सुवेदी, ‘चलचित्रकर्मी सम्मान’ लक्ष्मण सुवेदी रहेका छन् ।

निर्णायक समूहमा गायक शिव परियार, हाँस्यअभिनेता गोपाल ढकाल, चलचित्र लेखक तथा निर्देशक जीवन थापा, वृत्तचित्र निर्देशक एवं सञ्चारकर्मी दयाराम घिमिरे, छायांकार रविचन्द्र कोइराला, लेखक तथा निर्देशक आयुष श्रेष्ठ, चलचित्र सम्पादक भुुपेन्द्र अधिकारी, गायक सुरज पौडेल, भिज्युअल इफेक्ट आर्टिस्ट अच्युत बजगाई, चलचित्र सम्पादक साहिल खान रहेका थिए ।

प्रतिक्रिया