पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिनअस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिनअस्वीकार गरेको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रतिक्रिया