ज्योति स्मार्ट सेभिङस बचत खाता संचालनमा

काठमाडौ । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्तालाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङस बचत योजना सचालनमा ल्याएको छ । बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकको लागि ज्योति स्मार्ट सेभिगस खाता संचालनमा ल्याएको हो । यस बचत खातामा ग्राहकले शुन्य मौज्दातमै बिभिन्न सुविधा पाउने बैकले जनाएको छ ।

यस्को सुविधाहरुमा निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाईल बैंकिंग सेवा,निःशुल्क इन्टरनेट बैंकिंग सेवा,निःशुल्क डेबिट कार्ड लगायतका छन । यसका साथै बचत खातामा महिला निक्षेपकर्ताको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधा रहेका छन ।

ज्योति स्मार्ट सेभिगसमा बैंकको सबै १ सय ५ शाखा र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । बैंकका ग्राहक केन्द्रित भई ग्राहकको आवश्यकता र मागलाई अनुसरण गर्दै नवीनतम सुविधा ल्याई ग्राहकको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया