साताको पहिलो दिन सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ । कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको छ ।

यस अघिको अन्तिम कारोबार बिहीबार १० अर्ब ९० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । दिनभर भएका १ लाख १७ हजार ४९० कारोबारबाट २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया